सुदूर नेपाललाई विश्वसँग जोड्दै

जोरायल बस दुर्घटनाको ६ बर्ष पूरा

२०७७ असोज २०, ०९:१० खबर संवाददाता

धनगढी– डोटीको जोरायल गाउँपालिका वडा नम्वर २ कटपत्तेमा २९ जनाको ज्यान जाने गरि भएको बस दुर्घटनाको आज ६ बर्ष पुगेको छ। दशैँको टिका थापेर कर्मथलो फर्किर्दै गर्दा २०७१ साल असोज २० गते भएको बस दुर्घटनामा २९ जनाले ज्यान गुमाएका थिए भने ६८ जना घाईते भएका थिए।

सोही दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। जोरायलमा बस दुर्घटना भएपछि सरकारले छानबिन समिति गठन गरेको थियो। समितिले तत्कालीन र दीर्घकालीन सुझावसहित बुझाएको प्रतिवेदन अझै कार्यान्वयन भएको छैन्। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तत्कालीन सहसचिव रवीन्द्र श्रेष्ठको संयोजकत्वमा गठन गरेको समितिले बुझाएको प्रतिवेदनमा सवारी गुड्नुअघि पार्टपुर्जा, टायर ठीक भए÷नभएको परीक्षण गर्नुपर्ने, सिट क्षमताभन्दा बढी यात्रु राख्न दिन नहुने पनि उल्लेख छ। प्रतिवेदनमा औंल्याएको विषय कार्यान्वयन नभएकै कारण बेला–बेला दुर्घटना दोहरीरहेका छन् भने सडकको पनि दुराअवस्था छ।

कमेन्ट लोड गर्नुस