धनगढीमा पनि आइपीएलमा सट्टाबाजी, व्यापारी पक्राउ
धनगढीः इन्डियन प्रिमियर लिग (आइपीएल)मा सट्टाबाजी गर्दै आएको आरोपमा व्यापारी पक्राउ परेका छन्।
धनगढी उप–महानगरपालिका वडा नम्बर ३ मा प्रिति टे«लिङ्ग एण्ड सप्लायर्सका सञ्चालक संञ्जि गुप्तालाई सट्टाबाजीको आरोपमा पक्राउ गरिएको कैलाली प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षण प्रतिक विष्टका अनुसार उनले धनगढीमा नै आइपीएसमा खेलाडी आउट भएमा, खेलाडीले रन बनाएमा, चौका वा छ्क्का भएमा, विकेट गएमा, टिमले जितेमा वा हारेमा सट्टाबाजी गर्दै आएका थिए।
अनलाइन मार्फत उनले रकम दाउ लगाउदै आएका प्रहरीको दावी छ। उनको साथबाट दुई थान मोवाइल समेत बरामद गरिएको छ। जिल्ला अदालत कैलालीबाट जुवा सट्टाबाजी मुद्दामा म्याद समेत थपिएको प्रहरीले जनाएको छ।