धनगढीमा सोमबार पनि डा. केसीको समर्थनमा साझा पार्टीद्वारा प्रदर्शन
धनगढीः डा. गोविन्द केसीको जीवन रक्षाको माग तथा उनले अगाडि सारेका माग सम्बोधन गनुपर्ने भन्दै साझा पार्टी कैलालीले सोमबार पनि धनगढीमा प्रदर्शन गरेको छ।
पार्टीको अभियान विभागले आज धनगढी पार्कमोडमा प्रदर्शन गरिएको हो। प्रदर्शनमा उत्रिएका समर्थकहरुले डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्नुपर्ने, सबै मागहरु पूरा गर्नुपर्ने लगायतका प्लेकार्डहरु बोकेका थिए।
डाक्टर गोविन्द केसी २२ दिनदेखि अनशनमा छन्। उनी गत भदौ २९ गतेदेखि जुम्लाको रानीचौरस्थित बाबिरामष्ट मन्दिरमा १९औं अनसन बसेका थिए।
तर स्वास्थ्यमा समस्या भएपछि उनलाई त्यहाँबाट काठमाडौं लगिएको छ। हाल उनी त्रिवि शिक्षण अस्पतालमा छन्। उनको स्वास्थ्य अवस्था नाजुक बनेपछि अक्सिजन सपोर्टमा राखिएको छ।