थप २४४० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८९,२६३ पुग्यो
धनगढी: नेपालमा पछिल्लो २४ घण्टामा देशभर २४४० जना कोरोना संक्रमित पुष्टि भएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १३ हजार ७८१ जनाको पिसिआर परिक्षणमा २४४० जनालाई संक्रमण देखिएको जानकारी दिए।
योसँगै संक्रमितको कूल संख्या ८९ हजार २६३ पुगेको छ।
२४ घण्टामा १ हजार १३३ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ६५ हजार २०२ पुगेको छ। देशभर २३ हजार ५ सय ७ जना सक्रिय संक्रमित छन्।