सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप २१२० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८४,५७०

२०७७ असोज १७, ०४:३३ खबर संवाददाता

धनगढी : नेपालमा थप २ हजार १२० कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या ८४ हजार ५७०  पुगेको छ। 

पछिल्लो २४ घण्टामा  २ हजार ४४ कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। 

संक्रमण निको भएर फर्किनेको संख्या ६२ हजार ७४० पुगेको मन्त्रालयले जनाएको छ । 

यसैबीच, पछिल्लो २४ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालका कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५२८ पुगेको छ। 

कमेन्ट लोड गर्नुस