सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा पिसिआर प्रयोगशाला सञ्चालन गर्न गन्यापधुराद्वारा १० लाख सहयोग

२०७७ असोज १७, ०१:१७ खबर संवाददाता

डडेल्धुराः डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले डडेल्धुरा अस्पतालाई १० लाखको चेक हस्तान्तरण गरेको छ।  

गाउँपालिकाले अस्पतालमा सञ्चालन भएको पिसीआर ल्याब सञ्चलान, संकट समाधानका तथा  जनशक्ति व्यवस्थापनका लागि शुक्रबार अस्पताललाई  चेक हस्तान्तरण गरेको हो।

सुदूरपश्चिम प्रदेशका पहाडी ७ जिल्लाको केन्द्र विन्दुमा रहेको डडेल्धुरा अस्पालमा कोरोना परीक्षण ल्याब स्थापना भइ पीसीआर परीक्षण भइरहेको छ। कोरोना नियन्त्रण तथा रोकथाम गर्ने उद्देश्यले स्थापना भएको कोरोना परीक्षण प्रयोगशालालाई अझ व्यवस्थित गर्नका लागि गन्यापधुरा गाउँपालिकाकले अस्पताललाई १० लाख रुपैयाँ सहायता गरेको गाउँपालिका अध्यक्ष नबल मल्लले बताए।  

यसअघि आफ्नो प्रतिबद्धता अनुसार अमरगढी नगरपालिकाले २० लाख, नवदुर्गा गाउँपालिकाले १० लाख सहयोग गरिसकेका छन्। 
 

कमेन्ट लोड गर्नुस