सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा कैलालीका दुई सहित तीन संक्रमित आईसियुमा, एकजना रेफर

२०७७ असोज १७, ०८:२८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा कडा खालको लक्षण देखिएका तीन जना कोरोना संक्रमितलाई आईसियुमा भर्ना गरिएको छ।

कैलालीका दुई सहित कडा खालको लक्षण देखिएका तीन जना संक्रमितलाई सेती प्रादेशिक अस्पतालमा स्थापना गरिएको कोरोना अस्थायी अस्पतालको सघन उपचार कक्ष आईसियुमा भर्ना गरिएको हो।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीका दुई र कञ्चनपुरका एक जनाको आईसियुमा राखेर उपचार भईरहेको छ।

असोज १३ गते कोरोना पुष्टि भएकी धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ५५ वर्षीय पुरुष, असोज १५ गते संक्रमण देखिएकी गौरीगंगा नगरपालिका वडा नम्बर ११ की ५५ वर्षीया महिला र असोज १० गते संक्रमण पुष्टि भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ५ का ३८ वर्षीय पुरुषको आईसियुमा उपचार भईरहेको श्रेष्ठले दिनेश खबरलाई बताए।

श्रेष्ठका अनुसार कञ्चनपुरकी २९ वर्षीय संक्रमित महिलालाई भने अन्यत्र रेफर गरिएको छ। पुर्नवास नगरपालिकाकी ती महिलालाई सेतीमा उपचार सम्भवः नभएपछि अन्यत्र रेफर गरिएको अस्पतालले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस