सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको तेघरी ब्यारेकमा कार्यरत थप ३२ सैनिकमा कोरोना पुष्टि

२०७७ असोज १७, ०८:०१ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरीमा रहेको नेपाली सेनाको तेघरी ब्यारेकमा कार्यरत थप ३२ सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा भवानी दल गण तेघरी ब्यारेकमा कार्यरत थप ३२ जना सैंनिकमा कोरोना पुष्टि भएको स्रोतले जनाएको छ।

यसअघि असोज ११ गते तेघरी ब्यारेकमा कार्यरत १३ जना सैनिक कोरोना पुष्टि भएको थियो। यो सँगै तेघरी ब्यारेकमा संक्रमित सैनिकको संख्या ४५ पुगेको छ। 
 

कमेन्ट लोड गर्नुस