सुदूर नेपाललाई विश्वसँग जोड्दै

उद्योगमन्त्रीमा भट्ट आएपछि महंगी नियन्त्रण गर्न सफल भएको दावी

२०७७ असोज १६, ०७:२३ खबर संवाददाता

धनगढीः उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टले १० महिने कार्यकालमा भएका महत्वपूर्ण उपलब्धी सार्वजनिक गरेका छन्।

गत मंसिर ५ गतेदेखि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेका भट्टले १० महिने प्रगती विवरण सार्वजनिक गर्दै महँगी नियन्त्रण गर्न सफल भएको उल्लेख गरिएको छ।

यो अवधीमा महँगी नियन्त्रण, विदेशी लगानीको प्रतिबद्धता बढेको, रोजगारी सिर्जना लगायतका महत्वपूर्ण काम भएको प्रगती प्रतिवेदनमा समावेश गरिएको छ।

तरकारीको भाउ वृद्धि भएपनि अन्य दैनिक उपभोग्यका सामग्रीको भाउ नियन्त्रण गर्न सफल भएको दावी गरिएको हो।

झण्डै ६ महिनादेखि लकडाउन भए पनि गत वर्षको भन्दा ४९ दशमलव १ प्रतिशत बढी विदेशी लगानी आएको मन्त्रालयले जनाएको छ।

आर्थिक वर्ष २०७६÷७७ मा ३८ अर्ब ३७ करोड रुपैयाँको विदेशी लगानी प्रतिबद्धता आएको छ।   

हेर्नुस प्रगती प्रतिवेदन 

कमेन्ट लोड गर्नुस