दार्चुला र बैतडीका थप १७ जनामा कोरोना पुष्टि
धनगढीः दार्चुला र बैतडीका थप १७ जनामा कोरोना पुष्टि भएको छ। जिल्ला अस्पताल बैतडीको प्रयोगशालमा पछिल्लो २४ घण्टामा ४४ जनाको परीक्षण गरिएकोमा दुवै जिल्लाका १७ जनामा संक्रमण पुष्टि भएको हो।
अस्पतालका मेडिकल रेकर्डर मोहनसिंह ठगुन्नाले दार्चुलाको महाकाली नगरपालिकाका ११ पुरुष र तीन महिला गरी १४ जनामा संक्रमण पुष्टि भएको बताए।
यस्तै लेकम गाउँपालिका, बैतडीको पाटन नगरपालिका वडा नम्बर ३ र सिगास गाउँपालिकाका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए।