सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम घर भएका संक्रमित प्रहरी हवलदारको आईसियुमा उपचार हुँदै

संक्रमितको सहमतीमा फोटो र परिचय खुलाईएको ।
संक्रमितको सहमतीमा फोटो र परिचय खुलाईएको ।
२०७७ असोज १६, ०३:०५ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम घर भएका कोरोना संक्रमित प्रहरी हवलदारको स्वास्थ्यमा समस्या देखिएपछि आईसियुमा भर्ना गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत बझाङको बुङ्गल नगरपालिकाका प्रहरी हवलदार कृष्ण बोहोरालाई भेरी अस्पतालको आईसियु कक्षमा भर्ना गरिएको हो।

असोज ६ गते कोरोना पुष्टि भएका बोहोराले श्वासप्रश्वासमा समस्या देखिएपछि आईसियुमा भर्ना भएको बताए।

उनले आफ्नो स्वास्थ्यमा सुधार आईरहेकाले चिन्ता नलिन समेत आफन्तजनलाई आग्रह गरेका छन्।  
 

कमेन्ट लोड गर्नुस