कैलालीमा कार्यरत टेलिकमका ९ जना कर्मचारीमा कोरोना पुष्टि
२०७७ असोज १४, ०६:२६
धनगढी: नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाका नौँ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा नौँ जना कर्मचारीलाई संक्रमण पुष्टि भएको कार्यालयका निर्देशक नामाकर न्यौपानेले बताए। उनका अनुसार संक्रमित सबै कर्मचारीलाई आईसोलेसनमा राखिएको छ भने कसैलाई पनि कोरोनाको लक्षण देखिएको छैन्।
कमेन्ट लोड गर्नुस