धनगढीमा एकैदिन थपिए ९० जना कोरोना संक्रमित
धनगढी– सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा एकैदिन ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा धनगढीका ९० जनामा संक्रमण पुष्टि भएको हो।
प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार वडा नम्वर १ का २६ जना, वडा नम्वर २ का २२ जना, वडा नम्वर ३ का नौँ जना, वडा नम्वर ४ का १० जनामा संक्रमण पुष्टि भएको छ।
वडा नम्वर ५ का चार, वडा नम्वर ६ का दुई, वडा नम्वर ७ का चार, वडा नम्वर ८ का सात, वडा नम्वर ११, १२, १३ र १८ का एक÷एक जना र वडा नम्वर १९ का २ जनामा संक्रमण पुष्टि भएको छ। योसंगै धनगढीमा संक्रमितको संख्या सात सय पुगेको छ।
संक्रमण पुष्टि भएका चार सय ८५ जनाले कोरोना जितेका छन् भने तीन जना संक्रमितको मृत्यु भएको छ।