सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका थप १३ जनामा कोरोना पुष्टि

२०७७ असोज १३, ०५:०९ खबर संवाददाता

धनगढी: मंगलवार थपिएका थप १३ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा धनगढी उप–महानगरपालिकाका १३ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का ८ जना, वडा नम्वर ५ का दुई जना, वडा नम्वर २, ८ र वडा नखुलेका एक/एक जनामा संक्रमण पुष्टि भएको हो।

योसंगै धनगढीमा कोरोना संक्रमितको संख्या ६ सय १५ पुगेको छ। झण्डै पाँच सय जनाले कोरोना जितेका छन् भने तीन जनाको मृत्यु भएको छ।

कमेन्ट लोड गर्नुस