लायन्स क्लब अफ धनगढी खप्तडद्वारा निःशुल्क आँखा शिविरको आयोजना
धनगढी : लायन्स क्लब अफ धनगढी खप्तडले निः शुल्क आँखा शिविरको आयोजना गरेको छ। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ को सह–आयोजनामा संचालन भएको दुई दिने शिविरमा आँखा परिक्षण र औषधी वितरण गरिएको थियो।
शिविरमा २ सय ५३ जनाको आँखा जाँच्दा ४३ जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको र उनीहरुको निःशुल्क शल्यक्रिया गर्ने प्रक्रिया थाल्ने क्लबका सचिव समेत रहेका डा.युवराज जोशीले बताए।
उनले प्रदेशसभा सदस्य कुलबिर चौधरीको आग्रहमा शिविर सम्पन्न गर्न सफल भएको बताए। शिविरको सामाजिक दुरी तथा व्यक्तिगत सुरक्षाको समेत ख्याल गर्दै प्रदेश सभा सदस्य चौधरीले उद्घाटन गरेका थिए।
आगामी दिनमा पनि यस्ता किसिमका कार्यक्रम गर्ने क्लबका अध्यक्ष हरी धामीले बताए।