सुदूर नेपाललाई विश्वसँग जोड्दै

आईपीएलमा बेङ्ग्लोरको दोस्रो जित

२०७७ असोज १३, ०६:२२ खबर संवाददाता

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले दोस्रो जित निकालेको छ।

साविक विजेता मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गर्दै बेङ्ग्लोरले दोस्रो जित निकालेको हो। यूएई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बेङ्ग्लोरले दिएको २ सय २ रनको लक्ष्यमा मुम्बईले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो।

सुपर ओभरमा मुम्बईले १ विकेट गुमाएर ७ रन बनायो। बेङ्ग्लोरले बिना विकेटको क्षति ११ रन बनायो। जितसँगै तालिकाको तेस्रो स्थानमा उक्लिएको बेङ्ग्लोरको ४ अंक भएको छ। हारेको मुम्बईको २ अंक छ।

कमेन्ट लोड गर्नुस