सुदूर नेपाललाई विश्वसँग जोड्दै

डा.केसीको समर्थन र बझाङकी सम्झनाको हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन

२०७७ असोज १२, ०६:२३

डडेल्धुरा : चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै अनसन बसेका डा. गोविन्द केसीको समर्थनमा डडेल्धुरामा र्‍यालीको आयोजना गरिएको छ। नागरिक समाज डडेल्धुरा र दलित महिलासंघ (फेडो) डडेल्धुराले जिल्ला सदरमुकाममा सोमबार र्‍यालीको आयोजना गरेको हो।

डा केसीको जीवन रक्षा माग गर्दै उनको माग पूरा गर्न भन्दै ‘व्यानर’सहित प्रदर्शनकारीले र्यालीको आयोजना गरेका थिए। 

डा. केसीलाई सरकारले पटक–पटक आश्वासन मात्रै दिएको तर, उनले उठाएका मागहरूको सम्बोधन नगरेको नागरिक समाज डडेल्धुराका संयोजक रमेश जोशीले बताए। उनले केसीले राखेका माग पूरा नगरे थप आन्दोलनका कार्यक्रम चर्काउने चेतावनी समेत दिए। 

यस्तै बझाङको मष्टा गाउँपालिका–२ खिकालाकी १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या घटनाबारे सत्यतथ्य पत्ता लगाई आरोपितलाई कडा सजाएको पनि माग गरिएको छ । हत्यारा पत्ता लगाई कडा कारबाही गर्नु पर्ने दलित महिलासंघ (फेडो) डडेल्धुराका अध्यक्ष रूपा भट्ट सुनारले बताइन्। 

उनले निर्मला हत्याकाण्ड जस्तो सम्झना हत्याकाण्ड हुनसक्ने भन्दै तेसो गरे कडा आन्दोलनको चेतावनी दिएकी छन्। राष्ट्रपति महिला भएको देशमा महिला हिंसाका घटनाहरू बढ्दै गइरहेको तरपनि सम्बन्धित निकाय बेखबर रहेको उनको भनाइ छ।

कमेन्ट लोड गर्नुस