थप १३५१ जनाका कोरोना पुष्टि, संक्रमितको संख्या ७४, ७४५ पुग्यो
२०७७ असोज १२, ०४:२७
धनगढी : नेपालमा थप १३५१ जना कोरोना संक्रमित पुष्टि भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको १० हजार ८० नमुना जाँचमध्ये १३५१ जनामा संक्रमण देखिएको हो।
योसँगै संक्रमितको कुल संख्या ७४ हजार ७४५ पुगेको छ।
२४ घण्टामा ७४२ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ५४ हजार ६४० पुगेको छ। देशभर १९ हजार ६२४ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ।
कमेन्ट लोड गर्नुस