सुदूर नेपाललाई विश्वसँग जोड्दै

हेल्प फर ह्याप्पीनेस छैठौँ वर्षमा प्रवेश, सुदूरपश्चिममा बाल गृहका विद्यार्थीलाई सहयोग

२०७७ असोज ११, ०१:२२ खबर संवाददाता

धनगढीः सामाजिक संस्था हेल्प फर ह्याप्पीनेस छैठौँ वर्षमा प्रवेश गरेको छ। २०७२ सालमा स्थापना गरिएको सामाजिक कार्यमा सक्रिय ह्पाप्पीनेस आजदेखि पाँच वर्ष पूरा गरी छैठौँ वर्षमा प्रवेश गरेको छ।

संस्थाको पाँचौ वार्षिकोत्सव सुदूरपश्चिम सहित अन्य प्रदेशमा समेत विभिन्न कार्यक्रम आयोजना गरी मनाईएको छ। हेल्प फर ह्याप्पीनेस टीम सुदूरपश्चिमले पनि वार्षिकोत्सवको अवसर पारेर विविध कार्यक्रम सम्पन्न गरेको छ।

वार्षिकोत्सवको अवसरमा ह्याप्पीनेसले प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको परिवार बाल गृहका विद्यार्थीलाई सहयोग गरेको छ। बाल गृहमै आयोजना गरिएको कार्यक्रममा ह्याप्पीनेसले विद्यार्थीहरुको आँखा परीक्षण गर्दै शैक्षिक सामाग्री तथा न्यानो लुगा सहयोग गरिएको छ।

हेल्प फर ह्याप्पीनेसका मेडिकल टीमका संयोजक दृष्टि विशेषज्ञ डाक्टर युवराज जोशीको समूहले बाल गृहमा आश्रीत विद्यार्थीको आँखा निःशुल्क परीक्षण गरेको हो। यस्तै विद्यार्थीहरुलाई कापी, कलम लगायतका शैक्षिक सामाग्री र न्यानो लुगा वितरण गरिएको ह्याप्पीनेस सुदूरपश्चिमका संयोजक घनश्याम भण्डारीले जानकारी दिए।

 

संयोजक भण्डारीकै अध्यक्षतामा बाल गृहमा आयोजना गरिएको औपचारिक कार्यक्रमकाबीच आँखा परीक्षण र शैक्षिक सामाग्री सहित न्यानो कपडा वितरण गरिएको थियो। कार्यक्रममा बोल्दै भण्डारीले पाँच वर्षे यात्रामा साथ, सहयोग र हौसला प्रदान गर्ने सबैलाई धन्यवाद दिदै निस्वार्थ सामाजिक सेवाको कामलाई निरन्तरता दिने बताए।

उनले पाँच वर्षको अवधीमा संस्थालाई सामाजिक उत्तरदायित्वप्रती सर्मपित गर्दै अहोरात्र सेवामा खटिने सदस्यहरुलाई समेत धन्यवाद दिदै अगामी दिनमा समेत निरन्तरताको विश्वास व्यक्त गरे। उनले ह्याप्पीनेसको अगुवाईमा हुने सामाजिक काममा हातेमालो गरी उत्प्रेरणा थप्न सहयोग गर्ने नागरिक समाजका अगुवा, स्थानीय प्रशासन, प्रहरी प्रशासन लगायतका पक्षको समेत प्रशंसा गरेका छन्।

कार्यक्रममा बोल्दै परिवार बाल गृहकी सञ्चालिका सानु चौधरीले वार्षिकोत्सवको अवसरमा ह्याप्पीनेसलाई बधाई तथा शुभकामना दिईन्। उनले ह्याप्पीनेसले वार्षिकोत्सवको अवसरमा बाल गृहमा आश्रीत बालबालिकालाई सहयोग गरेकोमा समेत धन्यवाद दिएकी थिईन्।

 

 

कार्यक्रममा हेल्प फर ह्याप्पीनेस टीम सुदूरपश्चिमको असहाय सहयोग कोष,मेडिकल टिम,भेटेरिनरी टिम र मोटिभेसनल टिमका सदस्यहरुको सहभागिता रहेको थियो। संस्थाका सदस्य ललित ओझाले सन्चालन गरेको कार्यक्रममा संस्थाकै सदस्य अभिलाषा भण्डारीले स्वागत मन्तव्य राखेकी थिईन्।

खुसिका लागि सहयोग भन्ने मर्मका साथ २०७२ साल असोजमा पोखराका युवा नविन तिवारीको अगुवाईमा स्थापना गरिएको हेल्प फर ह्याप्पीनेसमा विभिन्न क्षेत्रमा क्रियाशिल युवाहरु आवद्ध छन्।

अहिले कैलाली, बुटवल, पोखरा, चितवन, नवलपरासी, काठमाडौँ, रुपन्देही लगायतका जिल्लामा हेल्प फर ह्याप्पीनेस त्रियाशिल रहेको छ। 

कमेन्ट लोड गर्नुस