परिवारका सदस्यलाई कोरोना देखिएपछि स्वास्थ्यमन्त्री पुनः होम क्वारेन्टिनमा
काठमाडौं: परिवारका एक सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल पुनः होम क्वारेन्टिनमा बसेका छन्। उनी आइतबारबाट नै होम क्वारेन्टिनमा बसेको मन्त्रीका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले जानकारी दिए।
तिवारीका अनुसार स्वास्थ्य मन्त्रालय नजाने र नियमित भेटघाट बन्द गरेपनि मन्त्री क्वाटरबाटै मन्त्री ढकालले मन्त्रालयका काम र आवश्यक निर्देशन दिइरहेका छन्।
यस अघि गत जेठमा उनले भेटेका बिरामीलाई कोरोना पुष्टि भएपछि उनी केहि दिन होम क्वारेन्टिनमा बसेका थिए।