सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको पाराकाट्नेमा कोभिड अस्पताल बन्दै

२०७७ असोज ५, ०४:४९ खबर संवाददाता

बझाङ: बझाङको थलारा गाउँपालिकाले पाराकाट्नेमा कोभिड अस्पतालको निर्माण कार्य सुरु गरेको छ। गत बिहिबार गाउँ कार्यपालिकाको बैठकले पाराकाट्नेमा कोभिड अस्पताल बनाउने निर्णय गरेको थियो। 

थलारा ३ स्थित पाराकाट्ने स्वास्थ्य चौकीमा गाउँपालिकाले ५ शैयाको कोभिड अस्पताल बनाउने निर्णय गरेको स्वास्थ्य शाखा प्रमुख पदम बहादुर ओलीले जानकार दिए। 

संघीय सरकारले तत्काल प्रत्येक स्थानीय तहमा एकएक वटा ५ शैयाको कोभिड अस्पताल बनाउन १० लाख बजेटसहित एक जना एमबिबिएस डाक्टर र दुई जना स्टाफ नर्सको दरबन्दी पठाएको छ।

कमेन्ट लोड गर्नुस