सुदूर नेपाललाई विश्वसँग जोड्दै

नबिल बैंकले सुरु गर्‍यो ‘नबिल फोनलोन’ सुविधा

२०७७ असोज ५, ०४:१० खबर संवाददाता

धनगढी: नबिल बैंकले नेपालमै पहिलो पटक फोनबाट लोन लिने सुविधा सुरु गरेको छ। डिजिटल बैंकिङ प्रणालीमा अब्बल रहेको नबिलले तलबी खाताबाहक ग्राहकहरुले आवश्यकताअनुसार एक लाख रुपैयाँसम्म ऋण मोबाइलबाट तुरुन्त प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

विना धितो, बिना कागजी प्रक्रिया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिने जस्ता विशेषताले गर्दा यो अत्यन्तै लोकप्रिय हुनुका साथै ग्राहकको केन्द्र बन्न सक्ने बैंकका प्रमुख कार्यकारी अधिृकत अनिलकेशरी शाहले बताए। 

कसरी पाइन्छ ऋण ?
यो एक नवीनतम डिजिटल सुविधा हो Âयो सेवा बैंकले एफ१सफ्ट इन्टरनेशनल प्रँलिको सहकार्यमा ल्याएको हो।नबिल स्मार्टबैंकको विश्लेषणात्मक प्रबिधिको महत्वपूर्ण भूमिका रहेको यस सेवामार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’मार्फत खातामा ऋण उपलब्ध गराइन्छ। यो सुविधा लिन नबिलको स्मार्टबैंक प्रयोगकर्ता हुनुपर्ने र यस प्रकारको ऋण छोटो अवधीका लागि उपलब्ध रहनेछ।

फोन लोनका विशेषताहरु:

कन्ट्याक लेस डिजिटल ल्यान्डिङ एक्सपेरियन्स
ऋण लिन इच्छुक ग्राहकले बैंकको शाखा भ्रमण गर्नुका साथै कुनै कागजी प्रक्रिया बिना नै नबिल बैंकले आफ्नो स्माटबैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्छन् ।
इन्स्ट्यान्ड लोन
बैंकले सम्पूर्ण प्रक्रिया पूरा गरी तुरुन्त ऋण प्रवाह गर्दछ ।
विना धितो ऋण
ग्राहकको बैंकिङ कारोबारसँग निहीत भएकाले कुनै अतिरिक्त धितो आवश्यक नपर्ने
सूक्ष्म ऋण
यस योजनाअन्तर्गत एक लाखसम्म ऋणको सुविधा लिन सकिने

हाल बैंकका १ सय १९ शाखा तथा १ सय ८४ वटा एटीएम सञ्जालमार्फत सेवा दिँदै आएको छ। नयाँ बैंकिङ पद्धतिलाई अनुशरण गर्ने र नेपाली डिजिटल बैंकिङ क्षेत्र रहँदै आएको बैंक हो।

कमेन्ट लोड गर्नुस