सुदूर नेपाललाई विश्वसँग जोड्दै

रातिमा समेत रोपाई गर्छन् १६ दलित किसान परिवार

२०७५ साउन २१, ०५:३०

बैतडीको दुर्गम सिगास गाउपालिका ७ ओखर गाँउमा १६ दलित परिवारको बसोबास छ । कृषि पेषामा आबद्ध उनिहरुले हालै मात्र रोपाई गर्न सुरु गरेका छन् । आकासे पानीको भरमा रोपाई गर्ने उनीहरु रातिको समयमा पानी प¥यो भने राती नै उठेर समेत रोपाई गर्ने गरेका छन् । आकासे पानीको भरमा रोपाई गर्नुपर्दा किसानहरुले ढिलो रोपाई गर्न सुरु गरेका हुन् ।

उक्त गाउँमा पानीको मुहान छ, तर पानी खेत सम्म पु¥याउन नहर नहुँदा किसानहरु आकासे पानीको भरमा रोपाई गरिरहेका छन् । तर आकासे पानी अचेल राति मात्रै पर्ने गरेकाले रातिको समयमा रोपाई गर्नुपर्ने बाध्यता भएको स्थानिय भान बहादुर बिकले बताए । आफुहरुको खेतमा जेठ महिनामै धानको बेर्ना तयार भईसकेको र साउन बित्नै लाग्दा समेत पानी नपरेकोले रोपाई गर्न निकै ढिलो भएको उनले बताए । उनले बेर्ना समेत सुक्न लागेको बताए । 
 

कमेन्ट लोड गर्नुस