सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्रीको कार्यालय अगाडी किसानले दुध पोखे, अण्डा फुटाए (भिडियो सहित)

२०७५ साउन २१, ०४:०९

कैलालीमा भेटेरिनरी अस्पताल र पशुसेवा विज्ञ केन्द्र स्थापनाका लागि आन्दोलीत किसान र व्यवसायीहरुले मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अगाडी दुध पोखेका छन । उनीहरुले कुखुराका अण्डा पनि फुटाएका छन भने चल्ला छोडेका छन् । 
आईतबार धनगढीमा प्रदर्शन गरेका उनिहरुले आज मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अगाडीको सडकमा दुध पोखेका हुन भने अण्डा फुटाउदै कखुराका चल्ला सडकमा छाडेका हुन । उनिहरुले भेटेरिनरी अस्पताल र विज्ञ केन्द्र कैलालीमा हुनु पर्ने माग गर्दै विभिन्न निकायमा धाउँदा पनि मागको सुनुवाई नगरेको आरोप लगाएका छन् । 
आफुहरुले गरेको मागको विषयमा प्रदेश सरकार उदाशीन रहेको भन्दै उनिहरुले नाराबाजी समेत गरेका छन् । संघीय सरकारको मन्त्री परिषद्ले गरेको निर्णय कार्यान्वयनमा प्रदेश सरकारले ढिलाई गरेको भेट्नरी तथा कृषि संयोजक दिनेश लम्सालले बताए । उनले माग पुरा नभय सम्म आन्दोलन जारी रहने बताए ।
संघिय सरकारको मन्त्री परिषद्ले पशु अस्पतालका लागि स्थान तोक्न तीन साता अगाडी नै निर्देशन दिएको थियो । यता प्रदेश नम्बर ७ की भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले भने प्रदेश सरकारलाई त्यस्को अधिकार नभएको बताउदै आएकी छन् । असार ३२ गतेको प्रधानमन्त्री तथा मन्त्री परिषदको निर्णय अनुसार प्रदेश सरकारलाई केन्द्र तोक्न अधिकार दिएको छ । पाँच ओटा जिल्लामा भएको कर्मचारीको दरबन्दी नौ जिल्लामा बाड्न सकिने किसानहरुको भनाई छ । 
    

कमेन्ट लोड गर्नुस