कैलाली प्रशासनका सूचना अधिकारीले जिते कोरोना
धनगढी– जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकिय अधिकृत तथा सूचना अधिकारी शिवराज जोशीले कोरोना जितेका छन्।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा गत सोमवार जोशीलाई संक्रमण पुष्टि भएकोमा आज भएको दोस्रो परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो।
उनले संक्रमण पुष्टि भएको ८ दिनपछि कोरोना जितेको दिनेश खवरलाई बताए। उनी कोरोना भाइरसको रोकथामका लागि सुरुवातदेखि नै अग्रपक्तिमा खटिएका छन्।
जोशी सीमा क्षेत्रमा नेपालीको उद्धार र जिल्लाको विभिन्न क्षेत्रमा अनुगमनमा खटिएका थिए।