सुदूर नेपाललाई विश्वसँग जोड्दै

भेन्टिलेटरमा उपचाररत धनगढीकी संक्रमित महिलाको स्वास्थ्य स्थिर

२०७७ भदौ २९, ०९:०५ खबर संवाददाता

धनगढीः भेन्टिलेटरमा उपचाररत धनगढीकी कोरोना संक्रमित महिलाको स्वास्थ्य अवस्था स्थिर रहेको छ।

भेन्टिलेटरमा उपचाररत धनगढी उपमहानगरपालिका वडा नम्बर ५ की संक्रमित महिलाको स्वास्थ्य अवस्था स्थिर रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले संक्रमित महिलाको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिए।

अस्पतालको आईसोलेसनमा उपचाररत उनमा कडा खालको लक्षण देखिएपछि सघन उपचार कक्ष आईसियूमा भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था बिग्रिदै गएपछि आईसियुबाट भेन्टिलेटरमा सारिएको थियो। 

कमेन्ट लोड गर्नुस