व्यापार घाटा ११ खर्ब ६२ अर्ब
नेपालको व्यापार घाटा गत आर्थिक वर्ष ११ खर्ब ६२ अर्ब १० करोड रुपैयाँ पुगेकोे छ । यो घाटा आर्थिक वर्ष २०७३÷०७४ को तुलनामा २७ दशमलव ५३ प्रतिशत बढी हो । आयात बढ्दै जाने तर निर्यात नबढ्ने अवस्थाका कारण व्यापार घाटा उच्च बन्दै गएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा नेपालले १३ खर्ब २४ अर्ब ४८ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको थियो । त्यसमध्ये १२ खर्ब ४३ अर्ब २९ करोड रुपैयाँको वस्तु तथा सेवा नेपाल भित्रिँदा ८१ अर्ब १९ करोड रुपैयाँको नेपाली वस्तु विदेशी बजारमा पुगेको छ । यो घाटा सरकारले गएको आव विकास निर्माणदेखि चालु तथा वित्तीय व्यवस्थामा गरेको बजेटरी खर्चभन्दा ८९ अर्ब बढी हो।
सरकारले गएको आव यी क्षेत्रमा १० खर्ब ७३ अर्ब खर्च गरेको छ । गएको आवमा भएको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९३ दशमलव ९ प्रतिशत र निर्यातको हिस्सा ६ दशमलव १ प्रतिशत रहेको भन्सार विभागका महानिर्देशक तोयम रायाले जानकारी दिए । आव २०७३÷७४ मा १० खर्ब ५७ अर्ब ३३ करोड वैदेशिक व्यापार भएको थियो। यसमा नौ खर्ब ८४ अर्ब ३० करोड आयात हो भने ७३ अर्ब तीन करोड निर्यात हो। गएको आवमा नौ खर्ब ११ अर्ब २६ करोडको व्यापार घाटा भएको थिया । नेपालबाट विश्व बजारमा भएको व्यापारमध्ये ५७।४ प्रतिशत छिमेकी मुलुक भारतमा भएको छ भने अमेरिकामा ११।३ प्रतिशत, जर्मनमा नौ प्रतिशत, टर्कीमा ५ दशमलव ८ प्रतिशत र अन्य देशमा २१ दशमलव ७ प्रतिशत निर्यात भएको हो ।
नेपालबाट चार हजार ३४ देशमा नेपाली वस्तु निर्यात भएको छ । यो घाटा सरकारले गएको आव विकास निर्माणदेखि चालु तथा वित्तीय व्यवस्थामा गरेको बजेटरी खर्चभन्दा ८९ अर्ब बढी हो ।