धनगढीमा शनिवार थपिए ४ जना संक्रमित
धनगढी– धनगढी उप–महानगरपालिकामा शनिवार चार जनालाई संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप चार जनामा संक्रमण पुष्टि भएको हो।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार वडा नवम्र ५ को २० बर्षीय पुरुष, वडा नम्वर ३ का तीन बर्षीय बालक र वडा नम्वर २ का ४३ बर्षीया महिलामा कोरोना पुष्टि भएको हो।
३२ बर्षीय पुरुषको भने वडा खुलेको छैन्। योसंगै धनगढीमा संक्रमितको संख्या तीन सय ७६ पुगेको छ। आधा भन्दा बढि संक्रमित स्थानीय रहेको उप–महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।