साझा पार्टीद्वारा दिनेश सञ्चार गृहमा प्रवेशगरी आक्रमण गर्नेलाई कारवाहीको माग
धनगढी: साझा पार्टी सुदूरपश्चिम प्रदेशले दिनेश सञ्चार गृहमै प्रवेश गरी पत्रकारमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।
प्रहरीको हवाला दिएर सम्प्रेषण भएको समाचारको विषयमा पत्रकारमाथि कृटपिट हुनु अत्यन्तै निन्दनिय भएको भन्दै साझा पार्टीले दोषीलाई कारवाहीको माग गरेको छ।
पार्टीका सुदूरपश्चिम सहसंयोजक दिनेशराज भण्डारीद्वारा जारी भएको विज्ञप्तिमा पत्रकारलाई कुटेको भिडियो बनाउनु झनै अराजकता भएको भनीएको छ। ‘आक्रमणकारीहरु माथि आवश्यक कानुनी कारवाही गर्न साझा पार्टी सुदूरपश्चिम प्रदेश जोडदार माग गर्दछ’ विज्ञप्तिमा भनीएको छ।
शुक्रबार धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै दिनेश सञ्चार गृहमा कार्यरत पत्रकारमाथि कुटपिट गरेका छन्। उनीहरुले सञ्चार गृहका सह–सम्पादक जनक विष्ट लगायतका पत्रकारमाथि कुटपिट गरेका हुन् भने, व्यवस्थापक अमिता कुँवर, प्राविधिक कल्पना सिहमाथि पनि हातपात समेत गरेका थिए।
आक्रमण गर्नेहरुले भने थुनुवा कक्षमा युवकको हत्या भएको आरोप लगाएका छन्।