सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिनेश खबरकर्मीमाथि आक्रमण गर्नेलाई कारवाही गर्न विप्लवको माग

२०७७ भदौ २६, ०७:५६ खबर संवाददाता

धनगढी: नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ‘विप्लव’ नगर कमिटी धनगढीले दिनेश सञ्चार गृहमै प्रवेश गरी पत्रकारमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

शुक्रबार धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै दिनेश सञ्चार गृहमा कार्यरत पत्रकारमाथि कुटपिट गरेका छन्। उनीहरुले सञ्चार गृहका सह–सम्पादक जनक विष्ट लगायतका पत्रकारमाथि कुटपिट गरेका हुन् भने, व्यवस्थापक अमिता कुँवर, प्राविधिक कल्पना सिहमाथि पनि हातपात समेत गरेका थिए।

कोरोना महामारीका बेला अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारमाथि कुटपिट हुनु निन्दनिय र खेदजनक रहेको भन्दै नगर इन्चार्ज अनमोलद्वारा जारी भएको विज्ञप्तिमा भनीएको छ‘ सत्यतथ्य नबुझी दिनेश खबरको सञ्चार गृहमै प्रवेश गरेर कानुन हातमा लिई आक्रमण गर्नु निन्दनिय एवं खेदजनक छ। उक्त आक्रमणमा संलग्नलाई कारवाहीको माग गर्दछौं। सम्पूर्ण सञ्चारकर्मी र सञ्चार माध्यमको सुरक्षाको पूर्ण प्रत्याभुतिका लागि प्रशासनसँग माग गर्दछौं।’ 

थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै दिनेश सञ्चार गृहमा कार्यरत पत्रकारमाथि कुटपिट गरेका छन्। उनीहरुले थुनुवा कक्षमा युवकको हत्या भएको आरोप लगाएका छन्। 
 

कमेन्ट लोड गर्नुस