पशु अस्पतालको माग गर्दै धनगढीमा प्रर्दशन (भिडियो सहित)
कैलालीमा भेटेरिनरी अस्पताल र पशुसेवा विज्ञ केन्द्र स्थापनाका लागि किसान र कृषि उद्यमी आन्दोलित भएका छन् । विभिन्न निकाय धाउँदा पनि मागको सुनुवाई नगरेपछि उनीहरु वर्षातको झरीमा पनि आन्दोलित भएका हुन् । आज किसान र कृषि उद्यमीहरुले धनगढीमा विरोध प्रदर्शन सहित मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय घेराउ गर्दै ज्ञापन पत्र समेत वुझाएका छन् । आफुहरुले गरेको मागको विषयमा ममन गर्दै तत्काल निर्णयको प्रक्रिया अगाडी वढाउन माग गरिएको छ । संघीय सरकारको मन्त्री परिषद्ले गरेको निर्णय कार्यान्वयनमा प्रदेश सरकारले झन ढिलाई गरिरहेकोले आन्दोलन अझ चर्काउने किसान र कृषि उद्यमीले चेतावनी दिएका छन् ।
कैलालीमा भेटेरिनरि अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना गर्न माग गर्दै किसान र कृषि उद्यमीहरु आन्दोलित भएका हुन ्। संघीय सरकारले कैलाली जिल्लालाई छुटाएर पशुसेवा विज्ञ केन्द्र स्थापनाको लागि प्रस्ताव गरेको अवस्थामा मन्त्री परिषदले प्रदेश सरकारलाई नै स्थान तोक्न भनेकोमा त्यसो नभएपछि उनीहरू आन्दोलित भएका हुन् । प्रदेश ७ को अस्थायी राजधानी धनगढीमा कैलाली सहितका ५ स्थानमा भेटेरिनरि अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना गर्न माग गर्दै विरोध ¥याली सहितको प्रदर्शन गरिएको छ । संघीय सरकारले ७ नम्बर प्रदेशमा ५ वटा भेटेरिनरि अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना गर्ने प्रस्ताव गरेकोमा कैलालीमा नतोकिएपछि यो जिल्लामा माग गर्दै किसान र कृषि उद्यमीहरु सडकमा उत्र्रिएको अत्तरीयाको हाट वजार व्यवस्थापन समितीका अध्यक्ष नन्दराज भट्ट बताए । सरकारले यसअघि बाजुरा, बझाङ्ग, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा पशुसेवा विज्ञ केन्द्र स्थापना स्थान तोकेको थियो तर त्यसको विरोध भएपछि स्थान तोक्ने जिम्मा प्रदेश सरकारलाई दिईएको तीन साता हुन लाग्दा पनि प्रदेश सरकारले कुनै चालचुल गरेको छैन् ।
कैलालीका किसान र कृषि उद्यमीले संघीय सरकारले हचुवाको भरमा पशुसेवा विज्ञ केन्द्र स्थापनाको लागि प्रस्ताव गरेकोमा विरोध जनाएपछि अहिले प्रदेश सरकारले आवश्यकताको आधारमा कैलाली सहित ५ स्थानमा तत्काल तोक्न माग गर्दै किसान र कृषि उद्यमीहरु आन्दोलित भएका हुन् । मागको सुनुवाई नहुँदासम्म आन्दोलन जारी राख्ने अखिल किसान महासंघको केन्द्रिय सदस्य यज्ञराज वास्तोलाले बताए । ७ नम्बर प्रदेशको ६० प्रतिशत भन्दा बढी कृषि÷पशुपंछीजन्य उत्पादन कैलालीमा हुने गरेको छ । तर कैलालीमा पशुसेवा विज्ञ केन्द्र स्थापना गर्न सरकारले प्रस्ताव नगरेपछि विभिन्न निकाय धाउँदा पनि मागको सुनुवाई भएको छैन ।
संघीय सरकारदेखि प्रदेश सरकारका विभिन्न निकायलाई आवश्यकताको वारेमा अवगत गराउँदा पनि कुनै वास्ता नभएपछि किसान र कृषि उद्यमीहरु आन्दोलित भउका हुने । उनीहरूले कैलाली सहित प्रदेशका ५ स्थानमा पशु विज्ञ केन्द्र स्थापना गराउनका लागि आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
जिल्ला पशु सेवा कार्यालय खारेज भएपछि प्रदेश नम्वर ७ का पशु अस्पताल रहने स्थान ताकिएको विवाद उत्पन्न भएपति गत असार ३२ गते सरकारले नै स्थान तोक्ने जिम्माप्रदेश सरकारलाई दिएकोमा प्रदेश सरकार पनि यस वारेमा मौन छ । एक महिनाको समय सीमा दिईएकोमा अव १० दिन मात्रै वाँकी रहेका वेला पनि प्रदेश ७ को सरकार आफ्नै सेवा सुविधामा वढी केन्द्रित हुँदा प्रदेशकभरीका किसान र कृषि उद्यमीले उठाएका माग ओझेलमा पर्दै आएको छन ।