सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कार्यरत थप ३७ प्रहरीमा कोरोना पुष्टि

फाइल फोटो
फाइल फोटो
२०७७ भदौ २५, ०४:०८ खबर संवाददाता

धनगढी:  धनगढीमा कार्यरत थप ३७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ३७ जनामा संक्रमण पुष्टि भएको प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक मुकेश सिंहले बताए।

उनका अनुसार सबै संक्रमित सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय धनगढीमा कार्यरत छन्। उनीहरुको दर्जा भने खुलाईएको छैन्।

यसअघि बुधवार गणमा कार्यरत चार जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो।

योसंगै सुदूरपश्चिममा संक्रमित प्रहरीको संख्या ८३ पुगेको छ। आज धनगढीमा ५० जनामा संक्रमण पुष्टि भएको थियो। बाँकी १३ जनालाई उपमहानगरपालिकाले सम्पर्कमा ल्याईरहेको छ।

कमेन्ट लोड गर्नुस