सुदूर नेपाललाई विश्वसँग जोड्दै

धानमा गबारोको समस्या

फाइल फोटो
फाइल फोटो
२०७७ भदौ २५, ०८:५०

युरीया मलको अभाव खेपिरहेका चितवन जिल्लाका कृषकको धान खेतमा गबारो किराले नोक्सान गर्न थालेको छ। धानको गाँज बढिरहेको बेला गुभो खाएर गबारोले रातो बनाई दिएको छ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण आयोजना चितवनका प्रमुख मेघनाथ तिमिल्सीनाका अनुसार किसानले झोल र दाना बिषादी छरेको भए पनि रोग नियन्त्रणमा आउन सकेको छैन। खेतका बिचबिचमा थेग्लाथेग्ला भएर किरा लागेको छ। त्यही ठाउँमा बिषादी छर्नु पर्नेमा सबै ठाउँमा किसानले विषादी छरेकाले रोग नियन्त्रणमा आउन नसकेको उनको भनाइ छ।

उनले भने, “रोग देखिएको ठाउँमा बिषादी छर्नु पर्नेमा सबै ठाउँमा छर्दा प्रभावकारी हुन सकेन। गबारोले गुभो नोक्सान गरेको छ।” गबारोको लार्भा, प्यूपा हुँदै पुतली बनेको छ। पुतलीले ५र७ दिन भित्रमा पातमा फुल पार्ने र फुलबाट लार्भा निस्किएर धानको वालाको तल्लो कलिलो भाग खाईदिने उनको भनाइ छ।

तिमिल्सीनाले किराकै कारण बाला पसाई सकेपछि ठाउँठाउँमा दूध नभरिएको सेता बाला देखिने जानकारी दिए। समयमा रोगको नियन्त्रण गर्न सकेमा रोगलाई केही हदसम्म नियन्त्रण गर्न सकीने उनको भनाइ छ। किसानको पुरानो अभ्यासअनुसार नै बारिको ठाउँठाउँमा टायर बालेर त्यसको तल भाँडामा सरफपानी राखेमा उज्यालोमा आएका किराहरु झरेर मर्ने उनले बताए। 

पुतलीको माउ र फुल सजिलै चिन्न सकिने भन्दै उनले यो सङ्ख्या धेरै नहुने भएकाले कृषकले प्रत्यक्ष रुपमा नष्ट गर्न सक्ने बताए। उनले भने, “धेरै लागेको ठाउँमा पनि एक कठ्ठामा ४०र५० भन्दा बढि पुतली हुँदैन । यसो गर्न सकेमा रसायनिक बिषादीमा खर्च गर्नु नपर्ने उनको भनाइ छ। गबारोले जिल्ला भरिनै देखिएको उनले बताए।

त्यस्तै धानको पातमा लाम्चो कालो हुने ‘सिथ व्लाईट’ रोग पनि देखिन थालेको छ। यो रोगले धानको पात सुकाउँछ। पसाउने वेलाको धानमा देखीएको छ। धानमानै सेतो झिङ्गा पनि देखिन थालेको छ। यसले रस चुसेर बोट पहेंलो बनाएर क्षति पु¥याउने उनको भनाइ छ। यो रोग पूर्वी चितवनमा बढि रहेको छ। जिल्लाको २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ।
 

कमेन्ट लोड गर्नुस