सुदूर नेपाललाई विश्वसँग जोड्दै

परिक्षण उडान भएको ढाई महिना हुन लाग्दा पनि उडान सुरु भएन् (अडियो रिर्पोट सहित)

२०७५ साउन २०, १०:४४

१३ वर्षदेखि वन्द रहेको अछामको साँफेवगर विमानस्थलमा परिक्षण उडान भएको ढाई महिना हुन लाग्दा नियमित उडान सेवा सुरु भएको छैन् । विमानस्थलमा कालोपत्रेको काम सम्पन्न भएपछि हवाई सेवा दिनका लागि उपयुक्त छकी छैन भनेर परिक्षण गर्दा उपयुक्त ठहर हुँदा पनि सेवा सुरु हुन नसकेको हो ।

गत जेठ ११ गते समिट एयर परिक्षण उडान गर्दै हवाई सेवा दिनका उपयुक्त भएको निष्कर्ष निकालेको थियो । तर अहिलेसम्म सेवा दिनका लागि एयरलाईन्स कम्पनी खुट्टा कमाईरहेको छ । आवश्यक उपकरणहरु जडान गर्नुपर्ने भएकोले त्यसपछि मात्रै सेवा सुरु गर्ने निजि विमान कम्पनी समिट एयरले जनाएको छ । नाईन  एन ए एम पि जहाजले गत जेठ ११ गते  विहान १० वजेर ४० मिनेटमा सफल परिक्षण उडान गरेपछि हवाई सेवा सुरु हुने भन्दै ढुंगाना जस्तै खुशी भएका प्रदेश ७ का पहाडी जिल्लाका वासिन्दा हालसम्म पनि सेवा नपाएपछि निराश भएका छन् ।

१८ सिटे ट्वईवटर विमानलाई सिनियर पाईलट क्याप्टेन एडी शेर्पाले उडाउँदै हवाई सेवा दिनका लागि उपयुक्त रहेको ठहर गरेको ढाई महिना हुन लाग्दा पनि हवाई सेवा सुरु हुन नसकेको हो । कालोपत्रे सम्पन्न गर्दै नियमित उडान सेवा सुरु गर्दै पहाडी क्षेत्रका वासिन्दालाई राहत हुने अपेक्षा गरिएका वेला हवाई सेवा सुरु नभएको हो । व्यवसायिक उडानहरु भर्नका लागि आवश्य पुर्वाधार तयार पार्दा पनि विमान कम्पनीले सेवा सुरु नगरेको  साँफेवगर विमानस्थल निर्माण योजनाका प्रमुख योगेन्द्र शर्माले बताए । तत्कालीन विद्रोही माओवादीले २०५८ फागुन ४ गते साँफेबगर विमानस्थलको टावर ध्वस्त बनाएपछि वन्द विमानस्थल केही समय बीचमा सञ्चालनमा आएको थियो । २०६३ सालदेखि पूर्ण रूपमा बन्द विमानस्थल गौचरणमा परिणत भएको अवस्थामा गत आर्थिक वर्षदेखि नेपाल नागरिक उडड्यन प्राधिकरणले कालोपत्रेको योजना ल्याएपछि विमानस्थल कालोपत्रे गर्दै तयार पारिएको हो । कालोपत्रे भएसँगै अव व्यवसायिक रुपमा हवाई उडानको वाटो खल्दा पनि यसतर्फ ध्यान नदिईएको प्रदेशवासीको गुनासो छ ।

तर उडान गर्नका लागि आवश्यक पर्ने उपकरण जडानका लागि पहल गरिरहेको साफेवगर नगरपािलकाका मेयर कुलवहादुर कुँवरले बताए । १३ वर्षदेखि हवाई सेवा वन्द हुँदा जिर्ण वनेको साँफेवगर विमानस्थल कालोपत्रे सम्पन्न गर्दै उडानका लागि तयार पारिएको थियो । विमानस्थलको ५ सय ५० मिटर लम्बाई र २० मिटर चौडाई भागमा कालोपत्रे गरिएपछि उडान गर्नका लागि सहज हुने भन्दै त्यो काम सम्पन्न भएपछि परिक्षण उडान गर्दा पनि सफल भएको अवस्थामा विमान कम्पनीहरु हवाई सेवा दिन खुट्टा कमाई रहेका छन् । पहाडी क्षेत्रका वासिन्दाहरु हवाई सेवा लिनका लागि आतुर हुँदा पनि उपकरण र प्रक्रियाको अभावले सेवा सुरु गर्न नसकिएको भन्दै परिक्षण उडान गरेको समीट एयर पनि पन्छिरहेको छ ।

पहाडी क्षेत्रका विमानस्थलमध्ये साँफेवगर विमानस्थल, विमान अवतरणका लागि सवैभन्दा उपयुक्त रहेकोले निजि विमान कम्पनीहरु उडान भर्ने आशामा रहेका पहाडी क्षेत्रकावासिन्दाको आशा पुरा हुन नसकेको हो । पहाडी क्षेत्रमा पनि हवाई यात्राको सम्भावना राम्रो देखिएकोले व्यवसायिक उडानहरु पनि सफल हुने  देखिदा पनि निजि विमान कम्पनीहरुले त्यो कुरा वुझ्न सकेका छैनन् । 
 

कमेन्ट लोड गर्नुस