धनगढीमा ईजाजत बिना ग्यास बिक्रि गर्ने किराना पसललाई २० हजार जरिवाना
२०७७ भदौ २२, ०७:१६
धनगढीः धनगढीमा ईजाजत बिना ग्यास बिक्रि वितरण्न गर्ने किराना पसललाई जरिवाना गरिएको छ।
उपमहानगरपालिकाको वडा नम्बर ७ मा सञ्चालनमा रहेको सुरज नारायण जनरल स्टोरलाई २० हजार रुपैँया जरिवाना गरिएको हो।
वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले बजार अनुगमनका क्रममा ग्यास बिक्रिका लागि ईजाजत नलिएको र उपभोग्य म्याद समाप्त भएको खाद्य वस्तु बिक्रि गरेको भेटिएपछि जरिवाना गरिएको जनाएको छ।
कमेन्ट लोड गर्नुस