सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भन्सार छलेर ल्याइएका अवैध सामान बरामद

२०७७ भदौ २१, ०३:३२ खबर संवाददाता

धनगढी: धनगढीमा भन्सार छलेर ल्याइएका अवैध सामान बरामद गरिएको छ। सशस्त्र प्रहरीले करिब ९६ हजार ५ सय बराबरका फेन्सी कपडा र हार्डवेयर लगायतका सामान बरामद गरेको हो। 

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीको गस्ती टोलीले धनगढी उपमहानगरपालिका–२ सान्तोषी टोल र वडा नम्बर १९ फुलवारी ईलाकामा भारतबाट अवैध रुपमा भित्राइएका समान बरामद गरेको हो।

उक्त बरामद गरिएका सामान कैलाली भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ। 

कमेन्ट लोड गर्नुस