सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघद्वारा २६ खेलाडीको कोरोना बिमा

२०७७ भदौ २०, ०६:४३ खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघले २६ खेलाडीको बिमा गरेको छ। संघले शनिबार विज्ञप्ति जारी गर्दै प्रदेशबाट राष्ट्रिय स्तरको प्रतियोगिता खेल्ने २६ जना खेलाडीको बिमा गरेको जानकारी दिएको छ।

कोरोना संक्रमणको त्रास बढ्दै गरेको बेला तेक्वान्दो संघले प्रति खेलाडी एक लाखको हिसाबले एनएलजी बिमा कम्पनीमा २६ लाखको बिमा गरेको संघका अक्ष्यक्ष सुबास शाहीले बताए। 

कमेन्ट लोड गर्नुस