सुदूर नेपाललाई विश्वसँग जोड्दै

दीर्घजीवी फाउण्डेसनद्धारा क्यान्सर पीडितलाई आर्थिक सहयोग

२०७७ भदौ १९, ०१:२१ खबर संवाददाता

धनगढी : दीर्घजीवि फाउण्डेसनले बझाङका क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ।

जिल्लाको छब्बीसपाथिभरा गाउँपालिका १ का २५ वर्षीय क्यान्सर पीडित नरेश रावललाई १९ हजार पाँच सय ६६ रुपैँया आर्थिक सहयोग गरिएको जनाएको छ।

फाउण्डेसनले बोनम्यारो क्यान्सरबाट ग्रसित रावलको उपचारमा सहयोग पुगोस भन्ने उद्देश्यले अभियान नै सञ्चालन गरेर संकलन गरिएको रकम रावललाई हस्तान्तरण गरेको हो।  
 

कमेन्ट लोड गर्नुस