अन्तराष्ट्रिय इकाता च्याम्पियन्समा सुदूरपश्चिमका धानुकलाई रजत
धनगढी–नेपालका कराँते खेलाडी जगत सिंह धानुकले अन्तर्राष्ट्रिय इकाता तेन्शिकाँन कराँते च्यम्पियनसिपमा रजत पदक जितेको छन्।
तेन्शिकाँन सोतोकान-र्यु कराँते संघ भारतको आयोजनामा भएको च्याम्पियनसिपमा नेपालका धानुकले रजत पदक जितेका हुन्।
उनले १९ वर्षमुनि उमेर समूहमा रजत जितेका हुन्। सोही स्पर्धामा उनले भारतका हुसेन र उदीपन दासलाई पछि पार्दै रजत पदक जितेका थिए । हुसेन र उदीपन दासले कांस्य पदक जितेका थिए।
भारतकै सस्कार शर्माले स्वर्ण पदक जिते। प्रतियोगिताको विभिन्न उमेर समूहमा भएको प्रतिस्पर्धामा नेपालबाट सहभागी हुने धानुक एक्ला खेलाडी हुन्। उनी सुदूरपश्चिमका खेलाडी हुन् भने धनगढी कराते एकेडेमीमा आवद्ध छन्।