सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटी प्रयोगशालामा आज दुई सय १० जनाको कोरोना परीक्षण, तीन जनामा संक्रमण पुष्टि

२०७७ भदौ १८, ०२:२२ खबर संवाददाता

डोटी– जिल्ला अस्पताल डोटीको प्रयोगशालामा विहिबार दुई सय १० जनाको कोरोना परीक्षण गरिएको छ।

प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले दिएको जानकारी अनुसार बुधवार दुई सय १० जनाको कोरोना परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको छ।

उनका अनुसार अछामको चौरपाटी गाउँपालिका ४ की एक महिला र सोही गाउँपालिका वडा नम्बर २ र ७ का एक/एक जना पुरुषमा संक्रमण पुष्टि भएको हो।
 

कमेन्ट लोड गर्नुस