सुदूर नेपाललाई विश्वसँग जोड्दै

युवा संघका केन्द्रीय सदस्य मलासीद्धारा डोटी प्रहरीलाई पानी र मास्क सहयोग

२०७७ भदौ १७, ०७:१० खबर संवाददाता

डोटीः राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य नरेश मलासीले प्रहरीलाई स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरेका छन्। मलासीले कोरोना भाईरसको महामारीमा पनि सेवारत प्रहरीका लागि २५ पेटी पानी र तीन सय मास्क सहयोग गरेका हुन्।

महामारीका बेला पनि अहोरात्र सेवामा खटिएका प्रहरीलाई सानो भएपनि सहयोग गरेको केन्द्रीय सदस्य मलासीले बताए। नेपाल प्रहरीले प्रहरी मेरो साथीको नारा लिएका कारण नागरिक स्तरबाट प्रहरीलाई सहयोग गर्न आवश्यक भएको महशुस भएपछि सहयोग गरेको उनले बताए।

मलासीले जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर मल्ललाई खानेपानी र मास्क हस्तान्तरण गरेका हुन्।

कमेन्ट लोड गर्नुस