सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटी प्रयोगशालामा आज एक सय जनाको कोरोना परीक्षण, एकजनामा संक्रमण पुष्टि

२०७७ भदौ १७, ०३:१८ खबर संवाददाता

डोटी– जिल्ला अस्पताल डोटीको प्रयोगशालामा बुधवार एक सय जनाको कोरोना परीक्षण गरिएको छ।

प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले दिएको जानकारी अनुसार बुधवार एक सय जनाको कोरोना परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको छ।

उनका अनुसार अछामको रामारोशन गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको हो।

अछामको रामारोशन, डोटीको खप्तड ब्यारेक, नेपाल टेलिकम डोटी, जिल्ला प्रहरी कार्यालय डोटी र बोगटानबाट संकलन गरिएका एक सय स्वाब बुधवार परीक्षण गरिएको हो। 
 

कमेन्ट लोड गर्नुस