सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा एक महिनामा ४९ जनामा स्क्रब टाइफस देखियो

२०७७ भदौ १७, ०३:१२ खबर संवाददाता

बैतडी– जिल्लामा स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन्। गत साउन यता बैतडीमा स्क्रब टाइफसका ४९ जना बिरामी फेला परेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीका अनुसार दशरथचन्द नगरपालिका २५ महिला र ११ पुरुष गरी ३६ जनामा स्क्रब टाइफसको संक्रमण देखिएकोे छ।

यस्तै पाटन नगरपालिकाका तीन महिला र एक पुरुष गरी ४ जना, दोगडाकेदार गाउँपालिकाका ४ महिला र २ पुरुष गरी ६ जना, मेलौली नगरपालिकाका १ महिला, पञ्चेश्वर गाउँपालिकाका १ पुरुष र सिगास गाउँपालिकाका १ महिलामा स्क्रब टाइफस पुुष्टि भएको जोशीले जानकारी दिए। 

जिल्ला अस्पताल बैतडी र अन्य स्वास्थ्य संस्थाहरु उपचारका लागि पुगेका व्यक्तिहरुको चेकजाँच गर्दा स्क्रब टाइफस देखिएको जोशीले जानकारी दिए। गत आर्थिक बर्षमा जिल्लाभरी ४० जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको थियो। माइट नामक किर्नाको टोकाईबाट स्क्रब टाइफस हुने भएकाले सरसफाईमा बिशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीले जोड दिएका छन्। 
 

कमेन्ट लोड गर्नुस