खानेपनीको समस्याले खोलाको पानी खाँदा अधिकांशमा पत्थरीको समस्या
अछामको साफेवगर नगरपालिकाको ७ नम्वर वडामा खानेपनीको समस्या हुँदा स्थानीयहरु खोलाको दुषित पानी खान वाध्य भएका छन । ९५ घर परिवार रहेको वडा नम्वर ७ का स्थानीय वासिन्दाहरु स्वच्छ खानेपानी खानवाट वन्चित भएका हुन । वर्षौदेखि खोलाको पानी खाएका कारण अधिकांश स्थानीय वासिन्दामा पत्थरीको समस्या देखिएको छ ।
अछामको साफेवगर नगरपालिका वडा नं.७ ककरसातमा खानेपानीको समस्या भएको हो । वर्षौदेखि स्वच्छ खानेपानी नभएपछि स्थानीय वासिन्दाहरु खोलाको दुषित खानेपानी खान वाध्य भएका हुन । खानेपानीको उचित प्रवन्ध नभएका कारण वुढीगंगा नदीको पानी वोकेर खानु परिरहेको वताउँदै स्थानीय वासिन्दा गोकुल भाटले वताए ।
वडा नम्वर ७ का स्थानीय वासिन्दाहरुलाई जिविकोपार्जनको एक मात्रै स्रोत ८४ हेक्टर जमीनमा सिंचाई अभावले समस्या भईरहेको अवस्थामा पिउने पानीको पनि अभाव हुँदा दुषित खानेपानी खानुपर्ने वाध्यता कायमै रहेको हो । खोलाको फोहोर र दुषित खानेपानी खाएका कारण अधिकांश स्थानीय वासिन्दामा पत्थरीको समस्या देखिएको छ ।
९५ परिवारको वसोवास रहेको सो गाउँका अधिकांश मानिसमा फोहोर पानी पिएका कारण पत्थरीको समस्या आएको भाटले वताए ।
दलित र गैरदलित समुदायको मिश्रित वसोवास रहेको वडा नम्वर ७ मा स्वच्छ खानेपानीका लागि विभिन्न निकायहरुमा पहल गरिएको स्थानीय वासिन्दाहरुको भनाई छ । तर हालसम्म पनि खानेपानी योजना गाउँमा पुगन सकेको छैन । स्थानीयहरुले खेपानीका लागि पहल जारी राखेको स्थानीय महिला पार्वती नगर्चीले वताईन् ।