खोप बनाउन भइरहेको हडबडले नतिजा राम्रो नआउने डब्ल्यूएचओको चेतावनी
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसविरुद्धको खोप बनाउन भइरहेको हडबडले नतिजा राम्रो नआउने चेतावनी दिएको छ।
विभिन्न देशले खोप बनाउन होडबाजी गरिरहेको बेला डब्ल्यूएचओले खोप बनाउन र अनुमति दिन हडबड गर्दा यसले जोखिम झनै बढाउन सक्ने चेतावनी दिएको हो।
डब्ल्यूएचओकी वैज्ञानिक सोम्या स्वामीनाथनले केही देशले खोपको ट्रायल सम्पन्न नै नगरी अनुमतिको लागि दबाब दिने गरेको बताउँदै अनुमति पाउने प्रक्रियालाई हल्का रुपमा नलिन आग्रह गर्नुभएको बीबीसीले जनाएको छ।
अहिले ३३ वटा खोपको क्लिनिकल ट्रायल चलिरहेको छ, एक सय ४३ खोप प्रि क्लिनिकल मूल्याङ्कनको चरणमा रहेका छन्। यसैबीच विश्व स्वास्थ्य संगठनले जोखिमको मूल्याङ्कन नगरी लकडाउन हटाएका देशमा कोरोना महामारीले थप उग्र रुप लिन सक्ने चेतावनी दिएको छ।