कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु
कोरोनाभाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका–२० हरपतगञ्जका ५३ वर्षीय पुरुषको मृत्यु भएको हो।
अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा गएराति १२ः४५ मा उनको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ।
टाईप टु मधुमेह र मिर्गौलाको समस्याबाट ग्रसित उनको साउन ३० गते स्वाब संकलन गरिएको थियो। त्यसको भोलिपल्ट पीसीआर रिपोर्ट पोजेटिभ आएका कारण उनलाई वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।