सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा भेटिए स्क्रब टाइफसका ५ जना संक्रमित

२०७७ भदौ १५, ०८:३० खबर संवाददाता

धनगढी : दार्चुलामा ५ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन्। जिल्ला अस्पतालका अनुसार तीन महिला र दुई पुरुषमा स्क्रब टाइफस भेटिएको हो। स्क्रब टाइफसको जस्तै लक्षण भएका विरामी आस्पताल आएपछि परीक्षण गरिएको थियो।

महाकाली नगरपालिकाका एक पुरुष, मालिकार्जुन गाउँपालिकाका दुई जना महिला र एक पुरुष तथा व्याँस गाउँपालिकाका एक जना पुरुषमा स्क्रब टाइफसको संक्रमण देखापरेको अस्पतालले जनाएको छ।

उनीहरुमध्ये एक जनालाई धनगढी रेफर गरिएको छ। एक जनालाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ। बाँकी तीन जनाको अवस्था भने सामान्य रहेको छ। 
 

कमेन्ट लोड गर्नुस