कोरोनाबाट थप एक जनाको मृत्यु
कोरोनाभाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। भक्तपुरको समिट अस्पतालमा उपचारका क्रममा मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीका ७५ वर्षका पुरुषको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ।
स्वासप्रश्वाससम्बन्धी समस्याका कारण भदौ ११ गते समिट अस्पतालमा भर्ना गरिएका उनमा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो। उनको आइतबार २ बजे मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ।