कोरोनाबाट एकै दिन आमाछोराको मृत्यु
कोरोनाभाइरस संक्रमणबाट एके दिन आमाछोराको मृत्यु भएको छ। सुनसरीको धरान उपमहानगरपालिका १७ की ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोराको मृत्यु भएको हो।
स्वास्थ्यमा समस्या देखिएपछि शनिबार बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना भएका उनीहरुको आइतबार बिहान मृत्यु भएको जनाइएको छ। आमाको बिहान ८ : ३० र छोराको ७ : ४५ बजे मृत्यु भएको प्रतिष्ठानले विज्ञप्तिमार्फत जनाएको छ।
आमाछोरा नै मधुमेह र उच्च रक्तचापको समस्या र अत्यधिक खोकी, श्वासप्रश्वासमा समस्या र ज्यरोले च्यापेपछि शनिबार साँझमात्रै प्रतिष्ठानमा भर्ना भएका थिए। मृतक दुवैजनामा आइतबार बिहान कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले विज्ञप्तिमार्फत जनाएको छ।