कोरोनाबाट थप एक जनाको मृत्यु
कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। गण्डक कोभिड अस्पतालमा उपचाररत रौतहटको राजपुरतुल्सी घर भएका ४० वर्षीय पुरुषको आइतबार बिहान ७ः४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
उनलाई भदौ १२ गते गण्डक कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। पुरानो मधुमेहका रोगी उनमा कडा कोभिड निमोनिया देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
खोकी र दमले श्वासप्रश्वासमा समस्या भएपछि उनलाई नारायणीमा अस्पतालमा उपचारका लागि लगिएको थियो। नारायणी अस्पतालको आइसियूमा राखेर कोराना परीक्षण गर्दा नतिजा पोजेटिभ आएको थियो। त्यसपछि उनलाई गण्डक कोभिड अस्पतालमा सारिएको बताइएको छ।